Rule 25
अधिकारी तोक्ने
(१) ऐनको परिच्छेद–७ र दफा ३८ को प्रयोजनको लागि अधिकारीमा भूमिसुधार अधिकारीलाई तोकिएकोछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले उक्त प्रयोजनको लागि ट्रिव्यूनलको गठन गरेकोमा सो ट्रिव्यूनल सम्बन्धित जिल्लामा रहेको अवस्थामा सो अवधिभर सो अधिकार उक्त ट्रिव्यूनलले नै प्रयोग गर्नेछ र भूमिसुधार अधिकारी छेउ परेको सम्बन्धित उजुरी पनि सोही ट्रिव्यूनलमा सर्नेछ ।